दफा १२
पारिश्रमिक तथा भत्ता पाउने
(१) श्रमजीवी पत्रकारले सञ्चार प्रतिष्ठानमा काम गरे बापत मासिक पारिश्रमिक पाउनेछ ।
(२) कुनै श्रमजीवी पत्रकारले पकाएको पारिश्रमिक तथा भत्ता निज जुनसुकै व्यहोराले सञ्चार प्रतिष्ठानको सेवामा नरहेमा पनि पाउनेछ ।
(३) यो ऐन वा यस ऐन अन्तरगत बनेको नियम बमोजिम बाहेक कुनै श्रमजीवी पत्रकारको मासिक पारिश्रमिक कट्टा गरिने छैन ।
(४) कुनै श्रमजीवी पत्रकारले पाउने पारिश्रमिक निज बिदामा बसेको बखत रोकिने छैन ।